Workplace Marketing को गोपनीयता नीति

पछिल्लो पटक परिमार्जन गरिएको मिति: १० अक्टोबर २०२३
विषयसूची
  1. कानुनी जानकारी
  2. हामीले सङ्कलन गर्ने जानकारी
  3. हामी तपाईंको जानकारी कसरी प्रक्रिया गर्छौँ
  4. हामीले सेयर गर्ने जानकारी
  5. आफ्ना अधिकारहरू कसरी प्रयोग गर्ने
  6. तपाईंको जानकारीको कायमता
  7. हाम्रा विश्वव्यापी सञ्चालनहरू
  8. प्रक्रिया गर्नका लागि हाम्रा कानुनी आधारहरू
  9. गोपनीयता नीतिसम्बन्धी अपडेटहरू
  10. तपाईंको जानकारीको लागि को जिम्मेवार छ
  11. हामीलाई सम्पर्क गर्नुहोस्

१. कानुनी जानकारी

यो गोपनीयता नीति (“गोपनीयता नीति”) ले workplace.com (“साइटहरू”) (Workplace का सेवाहरूबाहेक अन्य) सहित हाम्रा वेबसाइटहरूको प्रावधान र हाम्रा मार्केटिङ र प्रतिक्रियामा आधारित क्रियाकलापहरू (एकमुष्ठ रूपमा “क्रियाकलापहरू”) का सम्बन्धमा हाम्रा डेटासम्बन्धी चलनहरूका बारेमा व्याख्या गर्छ। हामी यो गोपनीयता नीतिमा हामीले हाम्रा साइट र क्रियाकलापहरूका सम्बन्धमा तपाईंका बारेमा सङ्कलन गर्ने जानकारी व्याख्या गर्छौँ। हामी त्यसपछि यो जानकारी कसरी प्रक्रिया र सेयर गर्छौँ र तपाईं आफ्ना अधिकारहरू कसरी प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरा व्याख्या गर्छौँ।
“Meta”, “हामी”, “हाम्रो” वा “हाम्रा” भन्नाले "तपाईंको जानकारीको लागि को जिम्मेवार छ" खण्डमा तोकिएअनुसार यस गोपनीयता नीतिबमोजिम तपाईंको व्यक्तिगत डेटा सङ्कलन र प्रयोग गर्नका लागि जिम्मेवार Meta एकाइ भनी बुझिन्छ।
Workplace का सेवाहरू: यो गोपनीयता नीति हामीले हाम्रा ग्राहकहरूलाई उपलब्ध गराउने अनलाइन Workplace का उत्पादनहरूको प्रयोजनमा लागू हुँदेन। जसअन्तर्गत प्रयोगकर्ताहरूलाई कार्यस्थलमा सहकार्य गर्ने र Workplace का उत्पादन, एप र सम्बन्धित अनलाइन सेवाहरू (एकमुष्ठ रूपमा "Workplace का सेवाहरू") सहित जानकारी सेयर गर्ने अनुमति दिइन्छ। तपाईंले Workplace का सेवाहरू प्रयोग गर्ने तरिका यहाँ भेट्टाउन मिल्ने “Workplace को गोपनीयता नीति” ले नियन्त्रण गर्छ।

२. हामीले सङ्कलन गर्ने जानकारी

हामी तपाईंका बारेमा निम्न जानकारी सङ्कलन गर्छौँ:
तपाईंको सम्पर्क जानकारी। तपाईंले निम्न कार्यहरू गर्दा हामी तपाईंको इमेल ठेगाना र तपाईंको नाम, रोजगारको पद, सङ्गठनको नाम र फोन नम्बर जस्ता आधारभूत जानकारी सङ्कलन गर्छौँ: Workplace सहित हाम्रा उत्पादनहरूका सम्बन्धमा जानकारी अनुरोध गर्दा, स्रोतहरू डाउनलोड गर्दा, मार्केटिङ सामग्रीहरूका लागि साइन अप गर्दा, निःशुल्क ट्र्याक पाऊँ भनी अनुरोध गर्दा वा हाम्रा कुनै कार्यक्रम वा सम्मेलनमा उपस्थित हुँदा। तपाईंले हामीलाई यी जानकारी उपलब्ध गराउनुभएन भने तपाईं आफ्नो निःशुल्क Workplace ट्र्याल प्रयोग गर्न थाल्नका लागि खाता सिर्जना गर्न सक्नु हुने छैन। उदाहरणका लागि: तपाईं आफ्नो सङ्गठनको खाताको एड्मिन हुनुहुन्छ र तपाईंले हामीबाट मार्केटिङसम्बन्धी इलेक्ट्रोनिक सञ्चार प्राप्त गर्नमा सहमति जनाउनुभयो भने हामी तपाईंको सम्पर्क जानकारी सङ्कलन गर्छौँ।
तपाईंले हामीलाई प्रदान गर्ने जानकारी। तपाईंले हामीलाई सम्पर्क गर्दा तपाईंले अन्य जानकारी उपलब्ध गराउन सक्नुहुन्छ। यस प्रकारको जानकारी तपाईंले हामीलाई किन सम्पर्क गर्दै हुनुहुन्छ भन्ने कुरामा आधारित हुन्छ। उदाहरणका लागि, तपाईंले हाम्रा साइटहरू प्रयोग गर्ने क्रममा कुनै समस्या भएमा तपाईंलाई आफ्नो समस्या समाधान गर्नमा उपयोगी हुन सक्ने जस्तो लागेका जानकारीका साथै हामीले तपाईंलाई सम्पर्क गर्नका लागि प्रयोग गर्न सक्ने विवरण (जस्तै इमेल ठेगाना) पनि उपलब्ध गराउन सक्नुहुन्छ।। उदाहरणका लागि, तपाईंले हामीलाई इमेलमार्फत हाम्रो साइटको पर्फर्मेन्स वा अन्य समस्याहरूसम्बन्धी जानकारी पनि पठाउन सक्नुहुन्छ। यसै गरी तपाईंले हामीलाई Workplace का सेवाहरूका बारेमा जानकारी पाऊँ भनी अनुरोध गर्नुभयो भने, उदाहरणका लागि तपाईंले हामीलाई तपाईंको क्वेरीको प्रतिक्रिया दिनमा मद्दत गर्नका लागि आफ्नो कार्यस्थलका बारेमा जानकारी वा अन्य जानकारी दिन सक्नुहुन्छ।
सर्वेक्षण र प्रतिक्रियासम्बन्धी जानकारी। तपाईं हाम्रा कुनै सर्वेक्षण वा प्रतिक्रिया प्यानलमा ऐच्छिक रूपमा सहभागी हुनुभयो भने पनि हामी तपाईंबाट जानकारी प्राप्त गर्छौँ। उदाहरणका लागि, हामी हाम्रा लागि सर्वेक्षण र प्रतिक्रिया प्यानलहरू सञ्चालन गरिदिने तेस्रो-पक्ष सेवा प्रदायकहरूसँग काम गर्छौँ, जस्तै प्रतिक्रिया प्यानलको हिस्सा बन्न अप्ट इन गरेका Workplace का ग्राहकहरूको समुदाय आयोजन गर्ने। यी कम्पनीहरूले हामीलाई तपाईंका बारेमा निश्चित परिस्थितिहरूमा सङ्कलन गरेका तपाईंको उमेर, लिङ्ग, इमेल ठेगाना, तपाईंको व्यवसायिक भूमिका र तपाईंले हाम्रा उत्पादनहरू प्रयोग गर्ने तरिकासम्बन्धी विवरण र तपाईंले उपलब्ध गराउने प्रतिक्रियासहित जानकारी उपलब्ध गराउँछ।
प्रयोजन र लगसम्बन्धी जानकारी। हामी तपाईंले हाम्रा साइटहरूमा गरेका क्रियाकलाप (जस्तै सेवा-सम्बन्धित, डाएग्नस्टिक्स र पर्फर्मेन्स जानकारी) का बारेमा जानकारी सङ्कलन गर्छौँ। यसमा तपाईंको क्रियाकलाप (तपाईंले हाम्रो साइट प्रयोग गर्ने तरिका तपाईंका क्रियाकलापको समय, बारम्बरता र अवधिसहित) का बारेमा जानकारी, लग फाइल र डाएग्नोस्टिक्स, क्र्यास, वेबसाइट र पर्फर्मेन्स लग र रिपोर्टहरू समावेश हुन्छ।
यन्त्र र कनेक्सनसम्बन्धी जानकारी. तपाईंले हाम्रा साइटहरू हेर्दा तथा प्रयोग गर्दा हामी यन्त्र र कनेक्सनसँग निश्चित जानकारी सङ्कलन गर्छौँ। यसमा हार्डवेयर मोडेल, सञ्चालन प्रणालीसम्बन्धी जानकारी, ब्याट्रीको स्तर, सिग्नलको सबलता, एपको संस्करण, ब्राउजरसम्बन्धी जानकारी, मोबाइल नेटवर्क, कनेक्सनसम्बन्धी जानकारी (फोन नमबर, मोबाइल सेवा प्रदायक वा ISP सहित), भाषा र समय क्षेत्र, IP ठेगाना, यन्त्रमा गरिएका सञ्चालनहरूसम्बन्धी जानकारी र परिचायकहरू (एउटै यन्त्र वा खातासँग सम्बन्धित Meta कम्पनीका उत्पादनहरूका हकमा अद्वितीय परिचायकहरूसहित) समावेश हुन्छ।
कुकीहरू। हाम्रा साइटहरूले कुकीहरू प्रयोग गर्छन्। कुकी भनेको हाम्रो साइटले कुनै प्रयोगकर्ताको ब्राउजरमा पठाउने डेटाको सानो एकाइ हो। यसले गर्दा प्रयोगकर्ताको कम्प्युटर वा यन्त्र फर्केर आएमा हामी सो कम्प्युटर वा यन्त्र चिन्न सक्छौँ भन्नका लागि सो एकाइ प्रयोगकर्ताको हार्ड ड्राइभमा भण्डारण गरिन्छ। हामी यस्तै खाले काम गर्ने अन्य प्रविधि पनि प्रयोग गर्न सक्छौँ। तपाईं हाम्रा कुकीसम्बन्धी नीति मा गई हामी हाम्रो Workplace को साइटमा कुकी र उस्तै खाले प्रविधिहरू कसरी प्रयोग गर्छौँ भन्ने बारेमा थप जान्न सक्नुहुन्छ।
तेस्रो पक्ष जानकारी। हामी हाम्रा साइट वा क्रियाकलापहरू सञ्चालन गर्न, प्रदान गर्न, सुधार गर्न, बुझ्न, कस्टमाइज गर्न र तिनका सम्बन्धमा सहायता प्रदान गर्न तेस्रो-पक्षीय सेवा प्रदायक र साझेदारहरूसँग काम गर्ने क्रममा हामी तिनबाट तपाईंका बारेमा जानकारी सङ्कलन गर्छौँ।
Meta कम्पनीहरू। हामी निश्चित परिस्थितिहरूमा अन्य Meta कम्पनीहरू सँग सेयर गरिएका पूर्वाधार, प्रणाली र प्रविधिबाट जानकारी सङ्कलन गर्छौँ। हामी हरेक उत्पादनका सर्त तथा नीतिअनुसार र लागूयोग्य कानुनले अनुमति दिएअनुसार Meta कम्पनीहका सबै उत्पादन र तपाईंका सबै डिभाइसहरूमा पनि यो जानकारी प्रक्रिया गर्छौँ।
तपाईंले Workplace का सेवाहरू प्रयोग गर्ने क्रममा सङ्कलन गरिएको जानकारी तपाईंले Workplace का सेवाहरू प्रयोग गर्ने क्रममा तपाईंको जानकारी कसरी प्रक्रिया गरिन्छ भन्ने कुरा नियन्त्रण गर्ने Workplace को गोपनीयता नीतिअनुसार सङ्कलन गरिन्छ।

३. हामी तपाईंको जानकारी कसरी प्रक्रिया गर्छौँ

हामी हाम्रा साइट र क्रियाकलापहरू सञ्चालन गर्न, प्रदान गर्दा, सुधार गर्न, बुझ्न, कस्टमाइज गर्न र तिनका सम्बन्धमा सहायता प्रदान गर्न हामीसँगै भएका जानकारी प्रयोग गर्छौँ (तपाईंले छनौट गरेका कुरा र लागूयोग्य कानुनअनुसार)।
हाम्रा साइट र क्रियाकलापहरू प्रदान, सुधार र विकास गर्न।
हामी हाम्रा साइट र क्रियाकलापहरू प्रदान, सुधार र विकास गर्न तपाईंको जानकारी विश्लेषण गर्छौँ। तपाईंलाई यसअन्तर्गत हाम्रा साइटहरू प्रयोग गर्ने र तिनमा नेभिगेट गर्ने, थप जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्ने, थप स्रोतहरू प्रयोग गर्ने र निःशुल्क ट्र्याकहरूका लागि साइन अप गर्ने अनुमति दिइने छ। हामी यो गोपनीयता नीतिअनुसार हाम्रा मार्केटिङ क्रियाकलापहरू सञ्चालन गर्नका लागि पनि तपाईंको जानकारी प्रयोग गर्छौँ। हामी तपाईंले भाग लिएका सर्वेक्षण र/वा प्रतिक्रिया प्यानलहरू प्रदान, सुधार र विकास गर्नका लागि पनि तपाईंको जानकारी प्रयोग गर्छौँ।
ग्राहकहरूले चाहेका र मन पराएका कुराहरू बुझ्न।
तपाईं प्रतिक्रिया प्यानल वा प्रतिक्रियासम्बन्धी अन्य अध्ययन (जस्तै नयाँ कन्सेप्टहरू परीक्षण गर्ने र Workplace का सुविधाहरू प्रिभ्यू गर्ने) मा सहभागी हुनुभयो भने हामी तपाईंको जानकारी र प्रतिक्रियालाई ध्यानमा राख्ने छौँ र तिनको विश्लेषण गर्ने छौँ। हामी उदाहरणका लागि Workplace वा अन्य उत्पादन तथा सेवाहरूका नयाँ सुविधाहरू बदल्ने वा तिनको परिचय दिने कि नदिने र अन्य विशेष जानकारी प्राप्त गर्ने जस्ता ग्राहकहरूले चाहने र मन पराउने कुराहरू बुझ्नका लागि यसो गर्छौँ। प्रतिक्रिया प्यानल वा प्रतिक्रियासम्बन्धी अन्य अध्ययनमा तपाईंको सहभागीताबाट प्राप्त जानकारीको समुच्चय निकालिने छ र यसलाई पहिचान नखुलाइएको फारममा प्रयोग गरिन्छ र कुनै प्रतिक्रिया वा विशेष जानकारीसम्बन्धी रिपोर्टमा कोटेसन वा सेन्टिमेन्ट प्रयोग गरिएको खण्डमा सो रिपोर्टले तपाईंलाई यसका बारेमा व्यक्ति रूपमा जानकारी दिने छैन।
तपाईंसँग कुराकानी गर्न।
हामीसँग रहेको जानकारी हामी तपाईंलाई मार्केटिङसम्बन्धी जानकारी दिन र तपाईंसँग हाम्रा साइट र क्रियाकलापका बारेमा सामान्य रूपमा जानकारी दिन र लागूयोग्य भएमा हाम्रा नीति र सर्तहरूका बारेमा जानकारी दिन प्रयोग गर्छौँ। तपाईंले हामीलाई सम्पर्क गर्नुभएको खण्डमा तपाईंलाई जवाफ दिनका लागि पनि हामी तपाईंको जानकारी प्रयोग गर्छौँ।
हाम्रो मार्केटिङ र विज्ञापन प्रदान, पर्सनलाइज, मापन र सुधार गर्न।
हामी प्रथम पक्ष र तेस्रो पक्ष नेटवर्कमार्फत देखाइने विज्ञापनसहित लक्षित विज्ञापनहरू देखाउन र प्रथम पक्ष र तेस्रो पक्ष विज्ञापन नेटवर्कहरूमा मिल्दोजुल्दो दर्शकहरू, कस्टम दर्शक र मापन सिर्जना गर्नका लागि तपाईंको जानकारी प्रयोग गर्न सक्छौँ।
रक्षा, अखण्डता र सुरक्षा प्रवर्द्धन गर्छ।
हामी शङ्कास्पद व्यवहारका ढाँचा पहिचान र अनुसन्धान गर्न तपाईंको यन्त्र र कनेक्सनसम्बन्धी जानकारी विश्लेषण गर्छौँ।
जानकारीको संरक्षण गर्न र कानुन प्रवर्तनसहित अरूसँग जानकारी सेयर गर्न र कानुनी अनुरोधहरूमा प्रतिक्रिया जनाउन।
कुनै नियामक, कानुन प्रवर्तन वा अरूले वैध कानुनी अनुरोध गरेमा हामी उदाहरणका लागि निश्चित जानकारी प्रयोग, आरक्षण वा खुलासा गर्ने कार्यसहित कुनै कानुनी उत्तरदायित्व पालना गर्नका लागि तपाईंको जानकारी प्रक्रिया गर्छौँ। यसमा हामीले लागूयोग्य कानुनअनुसार अनिवार्य नठहराएको तर सान्दर्भिक क्षेत्राधिकारका कानुनअनुसार आवश्यक छ भन्ने विश्वास भएका खण्डमा कानुनी अनुरोधहरूमा प्रतिक्रिया जनाउने वा दुर्व्यवहारपुर्ण वा गैरकानुनी व्यवहारसँग लड्नका लागि कानुन प्रवर्तन वा उद्योगका साझेदारहरूसँग जानकारी सेयर गर्ने कार्य समावेश हुन्छ। उदाहरणका लागि, हामी अनुसन्धान गर्नका लागि आवश्यक पर्ने अवस्थामा कानुन प्रवर्तनले प्रयोगकर्ताको जानकारीको स्न्यापसट लिन अनुरोध गरेको खण्डमा सो गर्ने छौँ। हामी कानुनी सुझाव माग्दा वा मुद्दा र अन्य विवादका प्रसङ्गमा आफ्नो सुरक्षा गर्नका लागि जानकारी संरक्षण र सेयर गर्छौँ। यसमा हाम्रा सर्त र नीतिहरूका उल्लङ्घन हुने जस्ता कार्यहरू समावेश हुन्छन्। तपाईंले केही अवस्थाहरूमा कानुनले तपाईंलाई हामीलाई आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराउन आवश्यक ठहराएको खण्डमा सो जानकारी उपलब्ध नगराएमा तपाईं र Meta ले लागूयोग्य कानुनको उल्लङ्घन गर्न सक्छ।

४. हामीले सेयर गर्ने जानकारी

हामी हाम्रा साझेदार र तेस्रो पक्षहरूलाई हामीले उपलब्ध गराएको जानकारी कसरी प्रयोग गर्न सक्छन् र सक्दैनन् अथवा सो जानकारी कसरी खुलासा गर्न सक्छन् भन्ने कुराका बारेमा नियमहरू पालना गर्न आवश्यक बनाउँछौँ। हामी कोसँग जानकारी सेयर गर्छौँ भन्ने कुराका बारेमा थप जानकारी यहाँ छ:
तेस्रो पक्ष साझेदार र सेवा प्रदायकहरू: हामी हाम्रा साइट र क्रियाकलापहरू सञ्चालन गर्नमा मद्दत प्राप्त गर्नका लागि तेस्रो-पक्ष साझेदार र तेस्रो-पक्ष सेवा प्रदायकहरूसँग काम गर्छौँ। उहाँहरू हामीसँग कसरी काम गर्छन् र उहाँहरूले हामीलाई कसरी सहायता गर्छन् भन्ने कुराका आधारमा हामीले यस क्षमताअनुसार तेस्रो-पक्ष सेवा प्रदायकहरूसँग जानकारी सेयर गर्दा हामी उहाँहरूलाई हाम्रा निर्देशन र सर्तहरूअनुसार हाम्रो पक्षमा तपाईंको जानकारी प्रयोग गर्न आवश्यक बनाउँछौँ। हामी हामीलाई मार्केटिङ, विश्लेषण, सर्वेक्षण, प्रतिक्रिया प्यानलका सम्बन्धमा र हाम्रा उत्पादन र सेवाहरू सुधार गर्ने सम्बन्धमा सहायता गर्ने विभिन्न प्रकारका साझेदार र सेवा प्रदायकहरूसँग काम गर्छौँ।
Meta कम्पनीहरू: हामी हाम्रा क्रियाकलापका सम्बन्धमा हाम्रा साइट, पूर्वाधार, प्रणाली र प्रविधिमार्फत सङ्कलन गरिएको जानकारी अन्य Meta कम्पनीसँग सेयर गर्छौँ। सेयर गर्नाले हामीलाई सुरक्षा, रक्षा र अखण्डता प्रवर्द्धन गर्न; अफर र विज्ञापनहरू पर्सनलाइज गर्न; लागूयोग्य कानुनहरू पालना गर्न; सुविधा र एकीकरणहरू विकास र उपलब्ध गराउन; र मानिसहरूले Meta कम्पनीका उत्पादनहरू कसरी प्रयोग गर्छन् र तिनका साथ कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरा बुझ्नमा मद्दत गर्छ।
कानुनी र अनुपालना: हामी (i) कानुनी अनुरोधहरूको प्रतिक्रिया दिन (जस्तै खोज तलास गर्ने वारेन्ट, अदालतका आदेश, उत्पादनका अर्डर वा उपस्थिति पत्रहरू) तपाईंको जानकारी हेर्न, संरक्षण गर्न, प्रयोग गर्न र सेयर गर्न सक्छौँ। यी अनुरोधहरू नागरिक वादी, कानुनी प्रवर्तन र अन्य सरकारी प्राधिकरणहरू जस्ता तेस्रो पक्षहरूबाट आउँछन्। हामी निम्न अवस्था र कुराहरूका लागि हामीलाई यस प्रकारका अनुरोधहरू अनुसन्धान गर्न र तिनका प्रतिक्रिया दिनमा सहायता प्रदान गर्ने अन्य Meta कम्पनी वा तेस्रो पक्षहरूसहित अन्य संस्थाहरूसँग पनि तपाईंको जानकारी सेयर गर्न सक्छौँः (i) लागूयोग्य कानुनअनुसार र (ii) Meta का उत्पादन, प्रयोगकर्ता, कर्मचारी, सम्पत्ति र सार्वजनको सुरक्षा, रक्षा र अखण्डता प्रवर्द्धन गर्नका लागि। यसमा कुनै सम्झौता, सर्त वा नीतिहरूको उल्लङ्घन गर्ने कार्य तथा जालसाजी कार्य पत्ता लगाउने, त्यसलाई समाधान वा रोकथाम गर्ने कानुनको विरोध गर्ने कार्यको अनुसन्धान गर्ने उद्देश्यहरू समावेश हुन्छन्। तपाईंको व्यक्तिगत जानकारी कानुनी दाबीहरू स्थापना गर्न, प्रयोग गर्न वा तिनको रक्षा गर्न र व्यक्ति वा सम्पत्तिका हकमा वास्तविक वा शङ्का गरिएको क्षति वा हानिको अनुसन्धान गर्न वा रोकथाम गर्नका लागि आवश्यक परेअनुसार खुलासा गर्न पनि सकिन्छ।
व्यवसायको बिक्री: हामीले हाम्रो व्यवसायको सबै वा केही भाग अन्य कसैलाई बिक्री वा ट्रान्सफर गर्‍यौँ भने हामी लागूयोग्य कानूनअनुसार उक्त कारोबारको भागको रूपमा नयाँ मालिकलाई तपाईंको जानकारी दिन सक्छौं।

५. आफ्ना अधिकारहरू कसरी प्रयोग गर्ने

तपाईंसँग लागूयोग्य कानुन र तपाईं बसोबास गर्ने ठाउँका आधारमा तपाईंको व्यक्तिगत जानकारीका सम्बन्धमा अधिकारहरू छन्। यीमध्ये केही अधिकारहरू सामान्य रूपमा लागू भए तापनि केही अधिकारहरू सीमित मामिला वा निश्चित क्षेत्राधिकारहरूमा मात्र लागू हुन्छन्। तपाईंले हामीलाई यहाँ सम्पर्क गरी आफ्ना अधिकारहरू प्रयोग गर्न सक्नुहुन्छ।
  • हेर्ने तथा प्रयोग गर्ने/जानकारी पाउने अधिकार - तपाईंले आफ्नो जानकारी हेर्ने तथा प्रयोग गर्न पाऊँ भनी अनुरोध गर्ने र हामीले सङ्कलन, प्रयोग र खुलासा गर्ने तपाईंको व्यक्तिगत जानकारीका वर्गहरू र हाम्रा डेटासम्बन्धी चलनहरूका बारेमा जानकारीसहित निश्चित जानकारी प्राप्त गर्ने अधिकार छ।
  • संशोधन गर्ने अधिकार - तपाईंसँग आफ्नो गलत व्यक्तिगत जानकारी सच्याउने वा संशोधन गर्न पाऊँ भनी अनुरोध गर्ने अधिकार छ।
  • मेटाउने/मेट्न अनुरोध गर्ने अधिकार - तपाईंसँग निश्चित मामिलामा हामीलाई आफ्नो व्यक्तिगत जानकारी मेटाइयोस् भनी अनुरोध गर्ने अधिकार छ (यसो गर्नका लागि वैध आधारहरू छन् र लागूयोग्य कानुनअनुसार गर्न सकिन्छ भने)।
  • डेटा ट्रान्सफर गर्ने अधिकार - तपाईंसँग निश्चित मामिलाहरूमा व्यवस्थित, समान रूपमा प्रयोग गरिने र मेसनले पढ्न मिल्ने ढाँचामा आफ्नो जानकारी प्राप्त गर्ने र सो जानकारी अर्को कन्ट्रोलरकहाँ ट्रान्सफर गर्ने अधिकार छ।
  • विरोध गर्ने/अप्ट आउट गर्ने (मार्केटिङ) अधिकार - तपाईंसँग जुनसुकै बेला डाइरेक्ट मार्केटिङ, प्रोफाइलिङ र स्वतः निर्णय बनाउने उद्देश्यहरूका लागि प्रक्रिया गर्ने कार्यमा विरोध गर्ने अधिकार छ। हामीले डाइरेक्ट मार्केटिङका लागि तपाईंको जानकारी प्रयोग गर्‍यौँ भने तपाईं यस प्रकारका सञ्चारहरूमा सदस्यता रद्द गर्ने लिंकमा क्लिक गरी भविष्यमा पठाइने डाइरेक्ट मार्केटिङसम्बन्धी म्यासेजहरू प्राप्त गर्नबाट विरोध वा अप्ट आउट गर्न सक्नुहुन्छ।
  • विरोध गर्ने अधिकार - तपाईंसँग आफ्नो जानकारीका सम्बन्धमा निश्चित प्रक्रियाको विरोध गर्ने वा त्यसमा प्रतिबन्ध लगाउने अधिकार छ। हामी वैध रुचिहरूमा भर पर्दा वा हामीले सार्वजनिक हितका लागि कुनै कार्य गर्दा तपाईं हामीले तपाईंको जानकारी प्रक्रिया गर्ने कार्यमा विरोध गर्न सक्नुहुन्छ। हामी कुनै विरोधको मूल्याङ्कन गर्ने क्रममा निम्नसहित विभिन्न कारकहरूका बारेमा विचार गर्ने छौँ: हामीले यो प्रक्रिया गर्नका लागि तपाईंका रुचि वा आधारभूत अधिकार र स्वतन्त्रताभन्दा हाम्रा वैध आधारहरू महत्त्वपूर्ण छन् भन्ने कुरा पत्ता नलगाएसम्म वा कानूनी कारणका लागि प्रक्रिया गर्न आवश्यक नपरेसम्म तपाईंको विरोधलाई समर्थन गरिने छ र तपाईंको जानकारी प्रक्रिया गर्न रोक्ने छौँ। तपाईं हाम्रा मार्केटिङ सञ्चारहरूमा भएका "सदस्यता रद्द गर्नुहोस्" लिंकमा क्लिक गरी हामीलाई सो डाइरेक्ट मार्केटिङका हमा आफ्न जानकारी प्रयोग गर्नबाट रोक्न सक्नुहुन्छ।
    • तपाईंका तर्कशील अपेक्षाहरू
    • तपाईं, हामी, अन्य प्रयोगकर्ता वा तेस्रो पक्षहरूका लागि हुने फाइदा र जोखिमहरू
    • उही उद्देश्य प्राप्त गर्न कम आक्रामक र असङ्गत प्रयत्न गर्न आवश्यक नपर्ने अन्य उपलब्ध उपायहरू
  • आफ्नो सहमति फिर्ता लिने अधिकार - हामीले प्रक्रियासम्बन्धी निश्चित क्रियाकलापहरूका लागि तपाईंको सहमति मागेका अवस्थामा तपाईंंसँग जुनसुकै बेला आफ्नो सहमति फिर्ता लिने अधिकार छ। कृपया तपाईंले आफ्नो सहमति फिर्ता लिनुअघि गरिएका कुनै पनि प्रक्रियाको कानुनी अवस्था सहमति फिर्ता लिने कार्यले प्रभावित हुने छैन भन्ने कुरा नोट गर्नुहोस्।
  • गुनासो गर्ने अधिकार - तपाईं आफ्नो स्थानीय सुपरीवेक्षक प्राधिकरणसँग आफ्नो गुनासो दायर गर्न सक्नुहुन्छ। Meta Platforms Ireland Limited को अगुवा सुपरीवेक्षक प्राधिकरण आइरिस डेटा सुरक्षा समिति हो।
  • गैर-भेदभावको अधिकार: तपाईंले यी अधिकारहरू प्रयोग गरेबापत हामी तपाईंलाई भेदभाव गर्ने छैनौँ।
कृपया तपाईंको जानकारी र हाम्रा मार्केटिङ सेवाहरूको अखण्डता सुरक्षा गर्नका लागि तपाईंले आफ्नो अनुरोध प्रक्रिया गर्नुअघि आफ्नो पहिचान पुष्टि गर्नु पर्ने हुन्छ भन्ने कुरा याद राख्नुहोस्। हामीले केही मामिलाहरूमा तपाईंको पहिचान पुष्टि गर्न तपाईंबाट थप जानकारी (केही क्षेत्राधिकारमा सरकारले जारी गरेको परिचय पत्र) सङ्कलन गर्नु पर्ने हुन सक्छ। निश्चित कानुनहरूबमोजिम तपाईंले यी अधिकारहरू आफै प्रयोग गर्न सक्नुहुन्छ वा तपाईंले आफ्नो पक्षमा यी अनुरोधहरू गर्न कुनै अधिकृत निकाय तोक्न सक्नुहुन्छ।
ब्राजिलको सामान्य डेटा सरक्षासम्बन्धी कानुन
यो खण्ड ब्राजिलको कानुनअन्तर्गत व्यक्तिगत डेटा प्रक्रिया गर्ने क्रियाकलापमा लागू हुन्छ र यस गोपनीयता नीतिलाई परिपुरकता दिन्छ।
ब्राजिलको सामान्य डेटा सरक्षासम्बन्धी कानुन ("LGPD") बमोजिम तपाईंले हामीलाई आफ्नो डेटा हेर्ने तथा प्रयोग गर्ने, संशोधन गर्ने, पोर्ट गर्ने, मेटाउने र प्रक्रिया गर्न पुष्टि गर्ने अधिकार छ। तपाईंसँग निश्चित परिस्थितिहरूमा आफ्नो व्यक्तिगत जानकारी प्रक्रिया गर्ने कार्यमा विरोध गर्ने वा सो कार्यमाथि प्रतिबन्ध लगाउने अधिकार हुन्छ वा हामीले तपाईंको सहमतिका आधारमा तपाईंले हामीलाई उपलब्ध गराउनुभएको डेटा प्रक्रिया गर्दा आफ्नो सहमति फिर्ता लिन सक्नुहुन्छ। यस गोपनीयता नीतिले हामी तेस्रो पक्षहरूसँग कसरी डेटा सेयर गर्छौं भन्ने कुराका बारेमा जानकारी दिन्छ। हाम्रा डेटासम्बन्धी चलनहरूका बारेमा थप जानकारी चाहिएमा यहाँ क्लिक गर्नुहोस्।
तपाईंसँग सीधै DPA लाई सम्पर्क गरी ब्राजिलको डेटा सुरक्षा प्राधिकरणलाई आवेदन दिने अधिकार पि छ।

६. तपाईंको जानकारीको कायमता

हामी यो गोपनीयता नीतिमा तोकिएका उद्देश्यहरूका लागि आवश्यक परेसम्म मात्र तपाईंको व्यक्तिगत जानकारी कायम राख्ने छौँ। तपाईं परियोजनाको अवधिसम्म र त्यसपछिको समयसम्म कुनै प्रतिक्रिया प्यानल वा प्रतिक्रियासम्बन्धी अध्ययनमा भाग लिनुभयो भने Meta ले आवश्यक परेअनुसार विश्लेषण गर्न, पियर समीक्षामा प्रतिक्रिया दिन वा प्रतिक्रिया पुष्टि गर्नका लागि हामीले सङ्कलन गरेको तपाईंको जानकारी कायम राख्ने छ। Meta ले हाम्रा कानुनी उत्तरदायित्वहरू (उदाहरणका लागि, हामीले लागूयोग्य कानुन पालना गर्नका लागि तपाईंको व्यक्तिगत जानकारी कायम राख्नु पर्ने अवस्थामा) पालना गर्न, विवादहरू समादान गर्न र हाम्रा सर्तहरू लागू गर्नका निम्ति आवश्यक पर्ने विस्तारसम्म तपाईंको व्यक्तिगत जानकारी कायम राख्ने छ। कायमताका यी समयावधिहरू बितेपछि र हामीसँग सो व्यक्तिगत जानकारी कायम रख्ने थप कुनै कारण नभएपछि सान्दर्भिक व्यक्तिगत जानकारी मेटाइने छ।

७. हाम्रा विश्वव्यापी सञ्चालनहरू

हामी हामीले सङ्कलन गर्ने जानकारी विश्वव्यापी रूपमा, हाम्रा कार्यालय र डेटा केन्द्रमा आन्तरिक रूपमा र हाम्रा भेन्डर, सेवा प्रदायक र तेस्रो पक्षहरूसँग बाहिरी रूपमा सेयर गर्छौं। Meta विश्वभरिका ग्राहक र कर्मचारीहरूका साथ विश्वव्यापी भएकाले निम्न लगायत विभिन्न कुराहरू गर्नका लागि ट्रान्सफर प्रक्रिया आवश्यक पर्छ:
  • हामी यस गोपनीयता नीतिका सर्तहरूमा तोकिएका सेवाहरू सञ्चालन र उपलब्ध गर्न सक्छौँ
  • हामी हाम्रा गोपनीयता नीतिअनुसार हाम्रा उत्पादनहरू सच्याउन, विश्लेषण गर्न र सुधार गर्न सक्छौँ
जानकारी कहाँ ट्रान्सफर गरिन्छ?
तपाईंको जानकारी निम्न ठाउँमा ट्रान्सफर वा ट्रान्समिट वा भण्डारण र प्रक्रिया गरिने छ:
  • संयुक्त राज्य अमेरिका, आयरल्यान्ड, डेनमार्क र स्विडेनसहित हाम्रा पूर्वाधार वा डेटा केन्द्रहरू भएका ठाउँहरू
  • Workplace उपलब्ध भएका देशहरू
  • यस गोपनीयता नीतिमा व्याख्या गरिएका उद्देश्यहरूका लागि तपाईं बसोबास गर्ने देशबाहिरका भेन्डर, सेवा प्रदायक र तेस्रो पक्षहरू बसोबास गर्ने अन्य देशहरू।
हामी तपाईंको जानकारी कसरी सुरक्षित राख्छौँ?
हामी अन्तर्राष्ट्रिय डेटा ट्रान्सफरका लागि उपयुक्त विधिहरूमा निर्भर रहन्छौं।
हामी विश्वव्यापी रूपमा डेटा ट्रान्सफर गर्नका लागि प्रयोग गर्ने विधिहरू
हामी अन्तर्राष्ट्रिय ट्रान्सफरहरू गर्नका लागि उपयुक्त विधिहरूमा निर्भर हुन्छौँ। उदाहरणका लागि, हामीले सङ्कलन गर्ने जानकारीका लागि:
युरोपेली आर्थिक क्षेत्र
  • हामी युरोपेली आर्थिक क्षेत्रभन्दा बाहिरका अन्य देशका हकमा पनि व्यक्तिगत डेटा संरक्षणका लागि एक पर्याप्त स्तरको सुरक्षा छ भन्ने सुनिश्चितता भएको भनि पहिचान गर्ने युरोपेली आयोगका निर्णयहरूमा निर्भर गर्छौं। यी निर्णयहरूलाई “पर्याप्ततासम्बन्धी निर्णय” भनिन्छ। हामी निश्चित रूपमा सङ्कलन गरिने जानकारी पर्याप्ततासम्बन्धी सान्दर्भिक निर्णयहरूका आधारमा युरोपेली आर्थिक क्षेत्रमा रहेका देशबाट अर्जेन्टिना, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड र उक्त निर्णय लागू हुने भएमा क्यानडामा ट्रान्स्फर गर्छौ। प्रत्येक देशका लागि लागू हुने पर्याप्ततासम्बन्धी निर्णयका बारेमा थप जान्नुहोस्। Meta Platforms, Inc. ले EU-संयुक्त राज्य अमेरिकामा हाम्रो सहभागीता स्वीकृत गरेको छ। डेटा गोपनीयता फ्रेमवर्क। हामी EU-U.S. मा निर्भर छौँ डेटासम्बन्धी गोपनीयताको फ्रेमवर्क र युरोपेली आयोगको सम्बन्धित पर्याप्तताको निर्णय, जानकारी ट्रान्स्फरका लागि, उक्त प्रमाण पत्रमा तोकिएका उत्पादन र सेवाहरूका लागि। थप जानकाारी चाहिएमा कृपया Meta Platforms, Inc. को डेटा गोपनीयता फ्रेमवर्क खुलासाको समीक्षा गर्नुहोस्।
  • अन्य परिस्थितिहरूमा, हामी युरोपेली आयोगद्वारा अनुमोदित मानक अनुबन्ध खण्डहरू (र उपयुक्त भएमा UK को लागि समान मानक अनुबन्ध खण्डहरू) वा तेस्रो देशमा जानकारी ट्रान्सफर गर्न लागू कानून अन्तर्गत प्रदान गरिएको अपमानहरूमा भर पर्छौं।
तपाईंसँग हाम्रो अन्तर्राष्ट्रिय डेटा स्थानान्तरण र मानक करारिय धाराहरूका विषयमा कुनै जिज्ञासा भएमा हामीलाई सम्पर्क गर्नुहोस्
कोरिया
हाम्रो कोरियाको गोपनीयता सूचना को समीक्षा गरी हामीले तपाईंको जानकारी सेयर गर्ने तेस्रो पार्टीहरू र अन्य कार्यका विवरणहरू तथा तपाईंलाई उपलब्ध भएका गोपनीयता अधिकारहरूको बारेमा थप जान्नुहोस्।
ROW:
  • अन्य परिस्थितिहरूमा, हामी युरोपेली आयोगद्वारा अनुमोदित मानक अनुबन्ध खण्डहरू (र उपयुक्त भएमा UK को लागि समान मानक अनुबन्ध खण्डहरू) वा तेस्रो देशमा जानकारी ट्रान्सफर गर्न लागू कानून अन्तर्गत प्रदान गरिएको अपमानहरूमा भर पर्छौं।
  • हामी अन्य देशमा डेटा संरक्षणको पर्याप्त स्तर छ कि छैन भनेर हेर्नका लागि युरोपेली आयोग तथा अन्य सम्बन्धित अधिकारीहरुले गरेको निर्णयमा निर्भर गर्छौं।
  • हामी संयुक्त राज्य अमेरिका वा अन्य सम्बन्धित देशमा डेटा स्थानान्तरणसम्बन्धी कुराहरूका हकमा लागू हुने कानून अन्तर्गत रहेर समकक्षी संयन्त्रको प्रयोग गर्छौं।
हामीले जुनसुकै समयमा तपाईंको जानकारी स्थानान्तर गर्दा उपयुक्त सुरक्षाहरू छन् भनी सुनिश्चित पनि गर्छौं। उदाहरणका लागि, हामीले तपाईंको जानकारीलाई अनाधिकृत पहुँचबाट सुरक्षा गर्न यो सार्वजनिक नेटवर्कहरूबाट प्रसारित हुँदा यसलाई इन्क्रिप्ट गर्छौं।

८. प्रक्रिया गर्नका लागि हाम्रा कानुनी आधारहरू

निश्चित लागूयोग्य डाटा संरक्षण कानूनअन्तर्गत, कम्पनीहरूसँग व्यक्तिगत डाटा प्रक्रिया गर्नको लागि कानुनी आधार हुनुपर्छ। हामीले "व्यक्तिगत डेटा प्रशोधन गर्ने" कुराको बारेमा कुराकानी गर्दा, हाम्रो अर्थ हामीले माथी यस गोपनीयता नीतिको अन्य खण्डहरूमा व्याख्या गरे जस्तै हामीले तपाईंको जानकारी सङ्कलन गर्ने, प्रयोग गर्ने र साझा गर्ने तरिकाहरू हो।
हाम्रो कानुनी आधार के-के हुन्?
तपाईंको क्षेत्राधिकार र परिस्थितिहरूका आधारमा हामी यस गोपनीयता नीतिमा व्यख्या गरिएको उद्देश्यहरूका लागि तपाईंको जानकारीको प्रशोधन गर्न विभिन्न कानुनी आधारहरूमा निर्भर रहन्छौं। तपाईंको समान जानकारी फरक उद्देश्यहरूका लागि प्रक्रिया गर्दा हामी विभिन्न कानुनी आधारहरूमा निर्भर रहन्छौं। हामी निश्चित क्षेत्राधिकारहरूमा तपाईंको व्यक्तिगत जानकारी प्रक्रिया गर्नका लागि प्राथमिक रूपमा तपाईंको सहमतिमा भर पर्छौँ। यूरोपेली क्षेत्रसहित अन्य क्षेत्राधिकारमा हामी तलका कानुनी आधारहरूमा भर पर्ने छौँ। तलका प्रत्येक कानुनी आधारका लागि, हामी तपाईंको जानकारी किन प्रक्रिया गर्छौं भनी व्याख्या गर्छौं।
वैध हित
हामी हाम्रो वैध हित वा तेस्रो पक्षको वैध हितमा भरोसा गर्दछौं, जहाँ उनीहरू तपाईंको हित वा मौलिक अधिकार र स्वतन्त्रता (“वैध हित”) का अधीनमा छैनन्।
हामीले तपाईंको जानकारी किन र कसरी प्रशोधन गर्छौँवैद्य हित निम्न कुरामा भर पर्छप्रयोग गरिएका जानकारीसम्बन्धी कोटीहरू
हाम्रा साइट र क्रियाकलापहरू प्रदान, सुधार र विकास गर्न, हामी:
तपाईंको जानकारी र तपाईं हाम्रा साइट कसरी प्रयोग गर्नुहुन्छ र हाम्रा क्रियाकलापहरू कसरी प्रयोग र त्यसमा सामेल हुनुहुन्छ भन्ने कुरा विश्लेषण गर्छौँ।
हाम्रो साइटसम्बन्धि गतिविधि बुझ्नु र हाम्रो साइट निरीक्षण र सुधार गर्नु हाम्रो हितको कुरा हो।
तपाईंले मार्केटिङ र प्रतिक्रिया कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरा बुझ्न र ती सुविधाहरू विकास र सुधार गर्नका लागि ती कुरासम्बन्धी क्रियाकलापहरू उपलब्ध गराउनु हाम्रो हितको कुरा हो।
  • तपाईंको सम्पर्क जानकारी
  • तपाईंले हामीलाई प्रदान गर्ने जानकारी
  • प्रयोजन र लगसम्बन्धी जानकारी
  • यन्त्र र कनेक्सनसम्बन्धी जानकारी
  • तेस्रो पक्ष जानकारी
  • कुकीहरू
प्रयोगकर्ताहरूले चाहेका र मन पराउने कुरा बुझ्नका लागि हामी:
तपाईं नयाँ सिद्धान्त परीक्षण गर्ने र Workplace का सुविधाहरू प्रिभ्यू गर्ने जस्ता प्रतिक्रिया प्यानल र अन्य प्रतिक्रियासम्बन्धी अध्ययनमा सहभागी हुनुभयो भने तपाईंको जानकारी र प्रतिक्रिया विश्लेषण गर्ने कार्यसहित हाम्रा क्रियाकलापहरू उपलब्ध गराउँछौँ।
कुनै प्रतिक्रिया प्यानल र अन्य प्रतिक्रियासम्बन्धी अध्ययनमा तपाईंको सहभागीताबाट प्राप्त जानकारीको समुच्चय निकालिने छ र परिचय हटाइएको फाराममा प्रयोग गरिने छ र कुनै प्रतिक्रिया वा विशेष जानकारीसम्बन्धी रिपोर्टमा कुनै कोटेसन वा सेन्टिमेन्ट प्रयोग गरिएको छ भने सो रिपोर्टले तपाईंको पहिचान खुलाउने छैन।
ग्राहकहरू के चाहन्छन् र उहाँहरूलाई के मन पर्छ भन्ने कुरा जान्न र Workplace वा अन्य उत्पादन र सेवाहरूका सुविधाहरू परिवर्तन गर्ने कि नगर्ने वा नयाँ सुविधाहरू उपलब्ध गराउने कि नगराउने भन्ने कुराका बारेमा जानकारी दिनु र अन्य विशेष जानकारी प्राप्त गर्नु हाम्रो र हाम्रा ग्राहकहरूका हितको कुरा हो।
  • तपाईंको सम्पर्क जानकारी
  • तपाईंले हामीलाई प्रदान गर्ने जानकारी
  • प्रयोजन र लगसम्बन्धी जानकारी
  • यन्त्र र कनेक्सनसम्बन्धी जानकारी
  • तेस्रो पक्ष जानकारी
  • कुकीहरू
तपाईंसँग सञ्चार गर्न र तपाईंलाई मार्केटिङसम्बन्धी सञ्चारहरू पठाउन (ती कुराहरू सहमतिमा आधारित नभएका खण्डमा)।
तपाईंले समाचारपत्र जस्ता मार्केटिङ सञ्चारहरू प्राप्त गर्नका लागि साइन अप गर्नुभएको छ भने तपाईं जुनसुकै बेला हरेक इमेलको फेदमा रहेको "सदस्यता रद्द गर्नुहोस्" लिंकमा क्लिक गरी सदस्यता रद्द गर्न सक्नुहुन्छ।
हामी तपाईंसँग सान्दर्भिक अवस्थामा हाम्रा क्रियाकलाप र नीति र/वा सर्तहरूका बारेमा सञ्चार गर्छौँ।
तपाईंले हामीलाई सम्पर्क गर्नुभयो भने हामी जवाफ पनि दिने छौँ।
हाम्रा उत्पादनहरू मार्केट गर्न र तपाईंलाई रुचि लाग्ने नयाँ वा अद्यावधिक उत्पादनहरूका बारेमा जानकारी उपलब्ध गराउनका लागि तपाईंलाई डाइरेक्ट मार्केटिङ सञ्चारहरू पठाउनु हाम्रो हितको कुरा हो।
हाम्रा क्रियाकलापहरूका बारेमा तपाईंसँग सञ्चार गर्नु हाम्रो हितको कुरा हो।
तपाईंले हामीलाई सम्पर्क गर्नुभयो भने तपाईंलाई जवाफ दिनका लागि तपाईंको जानकारी प्रयोग गर्नु हाम्रो र तपाईंको हितको कुरा हो।
  • तपाईंको सम्पर्क जानकारी
  • तपाईंले हामीलाई प्रदान गर्ने जानकारी
हाम्रो मार्केटिङ र विज्ञापन प्रदान, पर्सनलाइज, मापन र सुधार गर्न हामी:
प्रथम पक्ष र तेस्रो पक्ष नेटवर्कमार्फत देखाइने विज्ञापनसहित लक्षित विज्ञापनहरू देखाउन र प्रथम पक्ष र तेस्रो पक्ष विज्ञापन नेटवर्कहरूमा मिल्दोजुल्दो दर्शकहरू, कस्टम दर्शक र मापन सिर्जना गर्नका लागि तपाईमको जानकारी प्रयोग गर्छौँ।
मार्केटिङ र विज्ञापनसम्बन्धी क्रियाकलापहरू गर्नु हाम्रो हितको कुरा हो।
  • तपाईंको सम्पर्क जानकारी
  • तपाईंले हामीलाई प्रदान गर्ने जानकारी
  • प्रयोजन र लगसम्बन्धी जानकारी
  • यन्त्र र कनेक्सनसम्बन्धी जानकारी
  • कुकीहरू
सुरक्षा, अखण्डता र रक्षा प्रवर्द्धन गर्नका लागि हामी:
शङ्कास्पद व्यवहारका ढाँचा पहिचान र अनुसन्धान गर्न तपाईंको यन्त्र र कनेक्सनसम्बन्धी जानकारी विश्लेषण गर्छौँ।
सम्बन्धित प्रणालीहरू सुरक्षित राख्नु र साइट र क्रियाकलापहरूमा स्प्याम, जोखिम, दुर्व्यवहार वा उल्लङ्घनसम्बन्धी क्रियाकलापविरुद्ध लड्नु र सुरक्षा र रक्षा प्रवर्द्धन गर्नु हाम्रा साइटका प्रयोगकर्ता र हाम्रा मार्केटिङ र प्रतिक्रियासम्बन्धी क्रियाकलापका सहभागीहरूका हितको कुरा हो।
  • यन्त्र र कनेक्सनसम्बन्धी जानकारी
  • प्रयोजन र लगसम्बन्धी जानकारी
  • कुकीहरू
हामी कानुन प्रवर्तनसहित अरूहरूसँग र कानुनी अनुरोधहरूमा प्रतिक्रिया जनाउन जानकारीको संरक्षण र सेयर गर्छौँ।
यसमा हामीले लागूयोग्य कानुनअनुसार अनिवार्य नठहराएको तर सान्दर्भिक क्षेत्राधिकारका कानुनअनुसार आवश्यक छ भन्ने विश्वास भएका खण्डमा कानुनी अनुरोधहरूमा प्रतिक्रिया जनाउने वा दुर्व्यवहारपुर्ण वा गैरकानुनी व्यवहारसँग लड्नका लागि कानुन प्रवर्तन वा उद्योगका साजेदारहरूसँग जानकारी सेयर गर्ने कार्य समावेश हुन्छ। उदाहरणका लागि, हामी अनुसन्धान गर्नका लागि आवश्यक पर्ने अवस्थामा कानुन प्रवर्तनले प्रयोगकर्ताको जानकारीको स्न्यापसट लिन अनुरोध गरेको खण्डमा सो गर्ने छौँ।
जालसाजी कार्य, हाम्रा साइट वा क्रियाकलापहरूको अनधिकृत प्रयोजन, हाम्रा सर्त र नीतिहरूको उल्लङ्घन वा अन्य हानिकारक वा गैरकानुनी क्रियाकलापहरू रोक्नु र सम्बोधन गर्नु हाम्रो र हाम्रा प्रयोगकर्ताहरूको हितको कुरा हो।
आफूलाई (आफ्नो अधिकार, व्यक्ति, सम्पत्ति वा उत्पादनहरूसहित), हाम्रा प्रयोगकर्ता वा अरूहरूलाई (अनुसन्धान वा नियामन सोधपुछहरूका हिस्साका रूपमासहित) सुरक्षित राख्नु; वा मृत्यु वा तत्कालीन शारीरिक क्षति हुन नदिनु हाम्रो हितको कुरा हो।
दुर्व्यवहारपूर्ण वा गैरकानुनी व्यवहार अनुसन्धान गर्नु र तीविरुद्ध लड्नु सान्दर्भिक कानुन प्रवर्तन, सरकार, प्राधिकरण र उद्योगका साझेदारहरूको हितको कुरा हो।
  • तपाईंको सम्पर्क जानकारी
  • तपाईंले हामीलाई प्रदान गर्ने जानकारी
  • यन्त्र र कनेक्सनसम्बन्धी जानकारी
  • प्रयोजन र लगसम्बन्धी जानकारी
  • तेस्रो पक्ष जानकारी
  • कुकीहरू
हामी कानुनी सुझाव माग्दा वा मुद्दा र अन्य विवादका प्रसङ्गमा आफ्नो सुरक्षा गर्नका लागि जानकारी संरक्षण र सेयर गर्छौँ। यसमा लागूयोग्य हवस्थामा हाम्रा सर्त र नीतिहरूको उल्लङ्घन गर्ने कार्य समावेश हुन्छ।
गुनासोहरूमा प्रतिक्रिया जनाउनु, जालसाजी कार्य, हाम्रा साइट र क्रियाकलापहरूको अनधिकृत प्रयोजन, लागूयोग्य अवस्थामा हाम्रा सर्त र नीतिहरूको उल्लङ्घन वा अन्य हानिकारक वा गैरकानुनी क्रियाकलापहरू रोक्नु र समाधान गर्नु हाम्रो र हाम्रा प्रयोगकर्ताहरूको हितको कुरा हो।
कानुनी सुझाव प्राप्त गर्न र आफूलाई (हाम्रा अधिकार, व्यक्ति, सम्पत्ति वा उत्पादनहरू), अनुसन्धान वा नियामक सोधपुछ वा अभियोग वा अन्य विवादहरूका हिस्साका रूपमासहित हाम्रा प्रयोगकर्ता वा अरूहरूको सुरक्षा गर्नु हाम्रो हितको कुरा हो।
  • तपाईंको सम्पर्क जानकारी
  • तपाईंले हामीलाई प्रदान गर्ने जानकारी
  • यन्त्र र कनेक्सनसम्बन्धी जानकारी
  • प्रयोजन र लगसम्बन्धी जानकारी
  • तेस्रो पक्ष जानकारी
  • कुकीहरू
तपाईंको सहमति
तपाईंले आफ्नो सहमति जनाएपछि हामी तल व्याख्या गरिएका उद्देश्यहरूका लागि जानकारी प्रक्रिया गर्छौँ। जानकारीका प्रयोग गरिएका कोटीहरू र जानकारी किन र कसरी प्रक्रिया गरिन्छ भन्ने कुरा तल तोकिएका छन्:
हामी तपाईंको जानकारी किन र कसरी प्रक्रिया गर्छौँप्रयोग गरिएका जानकारीसम्बन्धी कोटीहरू
तपाईंलाई मार्केटिङसम्बन्धी सञ्चारहरू पठाउन (तपाईंको सहमतिमा आधारित)। हामीले तपाईंको सहमतिका आधारमा तपाईंको जानकारी प्रक्रिया गर्‍यौँ भने तपाईंसँग जुनसुकै बेला निम्नमा उपलब्ध गराइएको सम्पर्क जानकारी प्रयोग गरी हामीलाई सम्पर्क गरी सहमति फिर्ता लिनुअघि यस प्रकारका सहमतिका आधारमा प्रक्रियाको कानुनीयतालाई प्रभाव नपर्ने गरी आफ्नो सहमति फिर्ता लिने अधिकार छ।
तपाईं जुनसुकै बेला हरेक इमेलको फेदमा रहेको "सदस्यता रद्द गर्नुहोस्" लिंकमा क्लिक गरी मार्केटिङ सञ्चारहरूबाट सदस्यता रद्द गर्न सक्नुहुन्छ।
  • तपाईंको सम्पर्क जानकारी
कानुनी उत्तरदायित्वको पालना
हामी कुनै वैध कानुनी अनुरोध प्राप्त भएका खण्डमा निश्चित जानकारी प्रयोग, संरक्षण वा खुलासा गर्ने कार्यसहित कानुनी उत्तरदायित्व पालना गर्नका लागि जानकारी प्रक्रिया गर्छौँ।
हामी तपाईंको जानकारी किन र कसरी प्रक्रिया गर्छौँप्रयोग गरिएका जानकारीसम्बन्धी कोटीहरू
कुनै नियामक, कानुन प्रवर्तन वा अरूले पठाएको कुनै वैध कानुनी अनुरोध प्राप्त भएका खण्डमा हामीले निश्चित जानकारी प्रयोग, संरक्षण वा खुलासा गर्ने कार्यसहित कानुनी उत्तरदायित्व पालना गर्ने क्रममा जानकारी प्रक्रिया गर्नका लागि। उदाहरणका लागि, कुनै अनुसन्धानका सम्बन्धमा जानकारी (जस्तै तपाईंको IP ठेगाना) उपलब्ध गराउनका लागि आइरिस कानुन प्रवर्तकबाट प्राप्त खोज तलास गर्ने वारेन्टको अर्डर।
  • तपाईंको सम्पर्क जानकारी
  • तपाईंले हामीलाई प्रदान गर्ने जानकारी
  • यन्त्र र कनेक्सनसम्बन्धी जानकारी
  • प्रयोजन र लगसम्बन्धी जानकारी
  • तेस्रो पक्ष जानकारी
  • कुकीहरू
तपाईं वा अन्य व्यक्तिका महत्त्वपूर्ण हितको सुरक्षा
कुनै व्यक्तिका महत्त्वपूर्ण हितको सुरक्षा गर्नु पर्ने अवस्थामा हामी जानकारी प्रक्रिया गर्छौँ।
हामी तपाईंको जानकारी किन र कसरी प्रक्रिया गर्छौँप्रयोग गरिएका जानकारीसम्बन्धी कोटीहरू
कुनै व्यक्तिका महत्त्वपूर्ण हितको सुरक्षा गर्नु पर्ने अवस्था (जस्तै आपत्कालिन अवस्था) मा हामी कानुन प्रवर्तन र अरूहरूसँग जानकारी सेयर गर्छौँ। यी महत्त्वपूर्ण हितमा तपाईं वा अरू कसैको जीवनको सुरक्षा, शारीरिक वा मानसिक स्वास्थ्य, कल्याण वा अखण्डताको सुरक्षा समावेश हुन्छन्।
  • तपाईंको सम्पर्क जानकारी
  • तपाईंले हामीलाई प्रदान गर्ने जानकारी
  • यन्त्र र कनेक्सनसम्बन्धी जानकारी
  • प्रयोजन र लगसम्बन्धी जानकारी
  • तेस्रो पक्ष जानकारी
  • कुकीहरू

९. गोपनीयता नीतिसम्बन्धी अपडेटहरू

हामी समय समयमा हाम्रो गोपनीयता नीति संशोधन वा सम्पादन गर्न सक्छौँ। हामी नयाँ गोपनीयता नीति पोस्ट गर्ने छौँ, टुप्पामा "पछिल्लो पटक परिमार्जन गरिएको मिति" बदल्ने छौँ र लागूयोग्य कानुनअनुसार आवश्यक पर्ने अन्य कुनै पनि चरण पूरा गर्ने छौँ। कृपया समय समयमा हाम्रो गोपनीयता नीतिको समीक्षा गर्नुहोस्।

१०. तपाईंको जानकारीको लागि को जिम्मेवार छ

हामी समय समयमा हाम्रो गोपनीयता नीति संशोधन वा सम्पादन गर्न सक्छौँ। हामी नयाँ गोपनीयता नीति पोस्ट गर्ने छौँ, टुप्पामा "पछिल्लो पटक परिमार्जन गरिएको मिति" बदल्ने छौँ र लागूयोग्य कानुनअनुसार आवश्यक पर्ने अन्य कुनै पनि चरण पूरा गर्ने छौँ। कृपया समय समयमा हाम्रो गोपनीयता नीतिको समीक्षा गर्नुहोस्।
तपाईं "यूरोपेली क्षेत्र" (यसमा यूरोपेली संघअन्तर्गत पर्ने देश र अन्य क्षेत्र पर्दछन्: एन्डोर्रा, अस्ट्रिया, एजोरसे, बेल्जियम, बुल्गेरिया, क्यानेरी आइल्यान्ड, च्यानल आइल्यान्ड, क्रिएसिया, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, फ्रेन्च गुइयाना, जर्मनी, गिब्राल्टार, ग्रिस, ग्वाडेलुप, हङ्गरी, आइसल्यान्ड, आइयरल्यान्ड, आइल अफ म्यान, इटाली, लाट्भिया, लिचेन्सटिन, लिथुएनिया, लक्जम्बर्ग, माडिएरा, माल्डा, मार्टिनिक, मायोट, मोन्याको, नेदरल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, साइप्रस गणराज्य, रियुनियन, रोमेनिया, स्यान मरिनो, सेन्ट मार्टिन, स्लोभाकिया, स्लोबेनिया, स्पेन, स्विडेन, स्विट्जर्ल्यान्ड, संयुक्त अधिराजज्य, साइप्रसमा स्थित संयुक्त अधिराज्यका स्वतन्त्र बेसहरू (एक्रोटिरी र देकेलिया) र भ्याटिकन सिटी) मा पर्ने देश वा क्षेत्रमा बसोबास गर्नुहुन्छ वा तपाईं संयुक्त राज्य अमेरिका वा क्यानाडाबाहिर बसोबास गर्नुहुन्छ भने तपाईंको जानकारीको लागि जिम्मेवार डेटा नियन्त्रक भनेको Meta Platforms Ireland Limited हो।
तपाईं संयुक्त राज्य अमेरिका वा क्यानाडामा बसोबास गर्नुहुन्छ भने तपाईंको जानकारीको लागि जिम्मेवार संस्था भनेको Meta Platforms Inc. हो।

११. हामीलाई सम्पर्क गर्नुहोस्

तपाईंसँग यस गोपनीयता नीतिका बारेमा प्रश्नहरू छन् वा आफ्नो व्यक्तिगत जानकारी र हाम्रा गोपनीयता नीति र चलनहरूका सम्बन्धमा प्रश्न, गुनासो वा अनुरोधहरू छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्। तपाईं workplace.team@fb.com मा इमेल पठाएर वा निम्न ठेगानामा पत्र पठाएर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ:
संयुक्त राज्य अमेरिका र क्यानाडा:
Meta Platforms, Inc.
ATTN: गोपनीयता कार्यहरू
१६०१ विल्लो रोड
Menlo Park, CA 94025
विश्वका बाँकी ठाउँहरू (यूरोपेली क्षेत्रसहित):
Meta Platforms Ireland Limited
Merrion Road
Dublin 4
D04 X2K5
Ireland
Meta Platforms Ireland Limited को डेटा संरक्षण अधिकारीलाई यहाँ सम्पर्क गर्न सकिन्छ।