Workplace को कुकीसम्बन्धी नीति


Workplace को कुकीसम्बन्धी यो नीति (“कुकीसम्बन्धी नीति”) ले हामी कसरी कुकी प्रयोग गर्छौँ र कुकीहरूका माध्यमबाट हामीले सङ्कलन गर्ने व्यक्तिगत डेटाको प्रोसिसङंमा लागू हुने Workplace को गोपनीयता नीति को संयोजनका रूपमा रिड गरिनु पर्छ। कुकीसम्बन्धी यो नीति तपाईं हाम्रो जनमुखि मार्केटिङ र जानकारी वेबसाइट workplace.com (“Workplace साइट”) मा जाँदा लागू हुँदैन।
कुकीहरू र भण्डारणका अन्य प्रविधिहरू
कुकीहरू भन्नाले वेब ब्राउजरमा जानकारी भण्डारण गर्नका लागि प्रयोग गरिने स-साना अंशहरू भन्ने बुझिन्छ। कम्प्युटर, फोन र अन्य यन्त्रहरूमा पहिचानकर्ताहरू र अन्य जानकारी भण्डारण तथा प्राप्त गर्न कुकीहरूको प्रयोग गरिन्छ। हामीले तपाईंको वेब ब्राउजर वा यन्त्रमा भण्डारण गर्ने डेटा, तपाईंको यन्त्र वा अन्य सफ्टवेयरसँग सम्बन्धित पहिचानकर्तालगायतका अन्य प्रविधिहरूको प्रयोग समान उद्देश्यहरूमा गरिन्छ। यस नीतिमा, हामी यी सबै प्रविधिहरूलाई "कुकीहरू" को रूपमा उल्लेख गर्छौं।
हामी कुकीहरू कहाँ प्रयोग गर्छौं?
तपाईंले हामीले हाम्रा ग्राहकहरूलाई (तपाईं काम गर्ने वा तपाईंको खातालाई प्रावधान गरेको सङ्गठन) प्रदान गर्ने अनलाइन Workplace उत्पादन प्रयोग गर्दा हामी तपाईंको कम्प्युटर वा यन्त्रमा कुकीहरू राख्न सक्छौँ। ती कुकीहरूले प्रयोगकर्ताहरूलाई कार्यस्थलमा सहकार्य गर्न र Workplace उत्पादन, एप र सम्बन्धित अनलाइन सेवाहरू (समग्रमा भन्दा "Workplace का सेवाहरू") लगायतका जानकरी सेयर गर्न दिन्छ।
कुकीहरू कति समयसम्म रहन्छन्?
सबै कुकीहरूको अन्तिम म्याद हुन्छ जसले ती कुकीहरू तपाईंको ब्राउजर वा यन्त्रमा कति समयसम्म रहन सक्छ भन्ने कुराको निर्धारण गर्छ:
  • सत्रसम्बन्धी कुकीहरू – यी कुकीहरू तपाईंले आफ्नो ब्राउजर बन्द गर्दा म्याद सकिने (र स्वतः मेटिने कुकीहरू हुन्) अस्थायी कुकीहरू हुन्।
  • स्थायी कुकीहरू – यी कुकीहरूको प्रायः अन्तिम म्याद हुन्छ र त्यसैले म्याद नसकिएसम्म वा तपाईंले तिनलाई नमेटाएसम्म तपाईंको ब्राउजरमा रहिरहने छन्।
हामी किन कुकीहरू प्रयोग गर्छौं?
कुकीहरूले सामग्रीहरूलाई रुचि अनुकू पारेर, तथा अझ सुरक्षित सुविधा प्रदान गरेर हामीलाई Workplace का सेवाहरू प्रदान गर्न, संरक्षण गर्न र तिनमा सुधार गर्न मद्दत गर्छन्।
खासमा भन्ने हो भने हामी निम्न उद्देश्यले तिनको प्रयोग गर्छौँ:
कुकीको प्रकारउद्देश्य
प्रमाणीकरण
हामी तपाईंको खाता प्रमाणित गर्न र तपाईं कहिले लग इन हुनुहुन्छ भन्ने कुरा निर्धारण गर्न कुकीहरूको प्रयोग गर्दछौं ताकि हामी तपाईंलाई Workplace का सेवाहरूमाथि पहुँच राख्ने काम सजिलो बनाउन र तपाईंलाई उपयुक्त अनुभव तथा सुविधाहरू देखाउन सकौँ।
उदाहरणका लागि: तपाईंले Workplace का सेवाहरूमा लगइन गरिराख्न नपरोस् भन्नाका लागि हामी तपाईंको ब्राउजर सम्झन हामीलाई मद्दत होस् भनेर कुकीहरू प्रयोग गर्छौँ।
सुरक्षा, साइट र उत्पादन अखण्डता
हामी तपाईंको खाता, डेटा र Workplace का सेवाहरू गोप्य र सुरक्षित राख्न मद्दत गर्न कुकीहरू प्रयोग गर्छौं।
उदाहरणका लागि: कुकीहरूले तब हामीलाई थप सुरक्षा उपायहरू पहिचान गर्न र लागू गर्न मद्दत गर्न सक्छन् जब कसैले उदाहरणका लागि, विभिन्न पासवर्डहरू द्रुत रूपमा अनुमान गरेर अनुमतिविनै Workplace खातामा पहुँच राख्ने प्रयास गरिरहेको हुन सक्छ। हामीले जानकारी भण्डारण गर्न कुकीहरू पनि प्रयोग गर्छौं जसले हामीलाई तपाईंको पासवर्ड बिर्सनुभएको अवस्थामा तपाईंको खाता पुन: प्राप्ति गर्न अनुमति दिन्छ वा तपाईंले आफ्नो खाता ह्याक भएको छ भनेर हामीलाई थप प्रमाणीकरण आवश्यक पर्दछ।
हामी हाम्रा नीतिहरूको उल्लङ्घन गर्ने वा अन्य कुनै प्रकारले Workplace का सेवाहरू प्रदान गर्ने हाम्रो क्षमतालाई घटाउने गतिविधिहरू विरुद्ध लड्न पनि कुकीहरूको प्रयोग गर्छौं।
सुविधाहरू र सेवाहरू
हामी Workplace का सेवाहरू प्रदान गर्न मद्दत गर्ने कार्यक्षमता प्रदान गर्न कुकीहरू प्रयोग गर्छौं।
उदाहरणका लागि: कुकीहरूले हामीलाई प्राथमिकताहरू भण्डारण गर्न, तपाईंले Workplace को सामग्री देख्नुभएको वा अन्तर्क्रिया गरेको थाहा पाउन र प्रोभकुकीहरूले हामीलाई प्राथमिकताहरू भण्डारण गर्न, तपाईंले Workplace को सामग्री देख्नुभएको वा अन्तर्क्रिया गरेको थाहा पाउन र तपाईंलाई अनुकूलित सामग्री र अनुभवहरू प्रदान गर्न मद्दत गर्दछन्। हामी तपाईंलाई तपाईंको स्थानसँग सान्दर्भिक सामग्री प्रदान गर्न मद्दत गर्न कुकीहरू पनि प्रयोग गर्छौं।
उदाहरणका लागि: हामीले कुकीमा जानकारी भण्डारण गर्छौं जुन तपाईंको ब्राउजर वा यन्त्रमा राखिएको छ ताकि तपाईंले चयन गर्नुभएको भाषामा सेवा देख्नुहुनेछ।
कार्यसम्पादन
हामी तपाईंलाई सकेसम्म उत्तम अनुभव प्रदान गर्न कुकीहरू प्रयोग गर्छौं।
उदाहरणका लागि: कुकीहरूले हामीलाई सर्भरहरूबीचको ट्राफिक मार्ग र विभिन्न व्यक्तिहरूको लागि Workplace का सेवाहरू कति चाँडो लोड हुन्छन् भनेर बुझ्न मद्दत गर्दछन्। कुकीहरूले हामीलाई तपाईंको स्क्रिन र विन्डोको अनुपात र आयामहरू रेकर्ड गर्न र तपाईंले उच्च-कन्ट्रास्ट मोड सक्षम गर्नुभएको छ कि छैन भनेर जान्न मद्दत गर्दछ, ताकि हामी हाम्रा साइट र एपहरू सही रूपमा प्रस्तुत गर्न सकौँ।
विश्लेषण र अनुसन्धान
मान्छे Workplace का सेवाहरू कसरी प्रयोग गर्छन् भन्ने कुरा अझ राम्ररी बुझ्नका लागि हामी कुकीहरू प्रयोग गर्छौं ताकि हामी तिनीहरूमा सुधार गर्न सकौं।
उदाहरणका लागि: कुकीहरूले हामीलाई मानिसहरूले Workplace का सेवा कसरी प्रयोग गर्छन् भनेर बुझ्न मद्दत गर्न सक्छन्, हाम्रा Workplace का सेवाहरूका कुन-कुन भागहरू मानिसहरूलाई सबैभन्दा उपयोगी र आकर्षक लाग्छन् भन्ने विश्लेषण गर्न र सुधार गर्न सकिने सुविधाहरू पहिचान गर्न मद्दत गर्न सक्छ।
हामी कस्ता खाले कुकीहरू प्रयोग गर्छौँ?
हामीले प्रयोग गर्ने कुकीहरूमा सत्र कुकीहरू समावेश छन्, जुन तपाईंले आफ्नो ब्राउजर बन्द गर्दा मेटाइन्छ, साथै निरन्तर कुकीहरू पनि समावेश छन्, जुन जबसम्म तिनीहरूको म्याद समाप्त हुँदैन वा तपाईंले तिनीहरूलाई मेटाउनुहुन्न तबसम्म तपाईंको ब्राउजरमा रहन्छन्।
हामी Workplace का सेवाहरूमा प्रथम पक्ष कुकीहरू मात्र सेट गर्छौँ। Workplace का सेवाहरूमा तेस्रो पक्षकाष कुकीहरू मात्र सेट गरिँदैन।
तपाईं हामीले गर्ने कुकीहरूको प्रयोग कसरी नियन्त्रण गर्न सक्नुहुन्छ
तपाईंको ब्राउजर वा उपकरणले सेटिङहरू पेस गर्न सक्छ जसले तपाईंलाई ब्राउजर कुकीहरू सेट गरिनुपर्छ कि गरिनु पर्दैन भन्ने छनौट गर्ने र तिनीहरूलाई मेटाउने अनुमति दिन्छ। यी नियन्त्रणहरका बारेमा थप जानकारी प्राप्त गर्न आफ्नो ब्राउजर वा यन्त्रको मद्दतसम्बन्धी सामग्रीमा जानुहोस्। पाईंले ब्राउजरको कुकी प्रयोग असक्षम गर्नुभएको छ भने Workplace का सेवाहरूका केही भागहरूले राम्ररी काम नगर्न सक्छन्।

अन्तिम संशोधित मिति: जुन १० २०२२